- इडी क्लोयर
- सेलेर्स एस. क्रेन, जुनियर
- इर्ल डि. इडवर्डस्
- विलियम डव्ल्यु ग्रासम
- डेटन किसी
- जे लकहार्ट
- ज्याक म्याकिन्ने
- बु्रस म्याक्लर्टि
- एड्वार्ड पी. मायर्स
- अवेन डी. अल्व्रिक्ट
- मार्टल पेस
- डेनी पेट्रिलो
- नील टी. प्राइओर
- डेभिड आर. रेच्टिन
- कोय डी. रोपर
- डेभिड एल. रोपर
- डन साकलफोर्ड
- डुआन वार्डेन
इडी क्लोयर
सेलेर्स एस. क्रेन, जुनियर
डा. सेलर्स एस. क्रेन, जुनियरले ५० वर्ष देखि पढाउँदै र उपदेश दिँदै आइ रहेका छन् र उनले लुइसियाना, अलबामा, केन्टकी, र टेनेसीमा रहेका मण्डलीहरूमा सेवा पुर्याएका छन् । अलबामाको एथेन्स राज्य विश्वविद्यालयबाट स्नातक उतिर्ण गरेर उनले धर्मको अलबामा क्रिश्चियन विश्वविद्यालय (अहिलेको एमरिज विश्वविद्यालय) र लुथर राइस सेमिनरीबाट स्नातकोत्तरको उपाधि हासिल गरेका हुन् । उनेले डियरफिल्ड, इलिनोइसको ट्रिनिटी एभान्जेलिकल डिभिनिटी (अहिलेको ट्रिनिटी अन्तर्राष्ट्रीय विश्वविद्यालय) बाट डि.मिन. को उपाधि आर्जन गरे । अलबामा, ग्युनको विश्व इंजीलवाद विद्यालय, टेनेसी र म्याडिसनको मध्य-दक्षिण बाइबलीय अध्ययन विद्यालयमा निर्देशकको रूपमा काम गर्दै उनले टेनेसी सार्वजनिक विद्यालय प्रणाली र बाइबलीय अध्ययनका अरू थुप्रै विद्यालयहरूमा शिक्षक रहँदै आएका छन् । उनले युक्रेन, ग्रिस, पेरू र पानमामा पनि पढाएका छन् र एघारवटा देशमा मिशन यात्रामा गएका छन् । सफल लेखकको रूपमा क्रेनले १,५०० लेख र सैँतीसवटा पाठ्यक्रमका पुस्तकहरू लेखेका छन् । उनका लेखहरू गोस्पेल एडभोकेट र पावर फर टुडे सहित अन्य थुप्रै पत्रिकाहरूमा छापिएका छन् । उनले पाँच वर्षको लागि वयस्क पाठको वार्षिक समीक्षा, गोस्पेल एडभोकेट कम्पानियन पनि लेखेका छन् । उनले विश्व इंजीलवादीका लागि बोर्डमा बसेर काम गरेका छन् र २१ औ शताब्दी क्रिश्चियनका लागि कनिष्ठ र वरिष्ठ उच्च बाइबल कक्षाका सामाग्रीहरू सम्पादन गरेका छन् ।
यसका अतिरिक्त उनले धेरै व्याख्यान, गोस्पेल भेला तथा विशेष कार्यक्रमहरूमा वक्तव्य दिएका छन् । उनका पाठहरू रेडियो र टेलिभिजन कार्यक्रमहरूमा पनि प्रसारण भएका छन् ।
सेलर्स १९६१ मा वान्डासँग विवाहित जीवनमा बाँधिए । उनिहरूका तिन छोरा छोरी र चार नाति नातिना छन् ।
इर्ल डि. इडवर्डस्
इर्ल डि. इडवर्डस्ले आफ्नो जीवन परमेश्वरको सेवाका लागि उपदेश, मिसन, छात्रवृतीमा समर्पण गरे । उनले सेन्ट्रेल क्रिश्चियन कलेजमा (अहिलेको ओक्लहोमा विज्ञान र कला क्रिश्चियन विश्वविद्यालय) अध्ययन पूरा गरे र डेभिड लिम्पसन कलेजबाट संचारमा बि.ए. को उपाधि हासिल गरे । उनले हार्डिंग ग्राड्युएट स्कुलबाट एम.टिएच. डिग्री प्राप्य गरे र डि.मिस. डियरफिल्ड, इलिनोइसको ट्रिनिटी इभान्जेलिकल डिभिनिटी स्कूलबाट पूरा गरे । इडवर्डस्ले १९५२ देखि उपदेश दिन सुरु गरे र कान्सस, आर्कान्सस र सिसिली, इटालीमा (१९६०-१९७६) मिनिस्टरको रूपमा सेवा दिए । उनले गोस्पेल एडभोकेटको, स्पिरिच्वल स्वर्ड र अरू थुप्रै आवधिक प्रकाशनका लागि लेख लेखेका छन् । उनी प्रोटेक्टिंग आवर “ब्लाइन्ड साइड” का लेखक हुन् । इडवर्डस्ले हार्डिंग विश्वविद्यालयमा १९७६ देखि १९७७ सम्म मिसनको अतिथि प्राध्यापकको रूपमा पढाए । १९८२ मा उनले फ्रीड-हार्डमेन विश्वविद्यालयमा पढाउन थाले । उनले यहाँ १९९१ देखि १९९३ सम्म बाइबलीय अध्ययन विद्यालयको डीन र १९८९ देखि २००८ सम्म बाइबल अध्ययनमा स्नातकको निर्देशकको रूपमा काम गरेका छन् । धेरै राम्रो पढाए बापत उनलाई धेरै पटक फ्रीड-हार्डमेन द्वारा सम्मान गरिएको छ । ओक्लहोमा क्रिश्चियनले १९८९ मा उनाई बाइबलीय अध्ययनको कलेजका लागि वर्षको भूतपूर्व विद्यार्थी घोषणा गर्यो । २००४ मा उनले वार्षिक फ्रीड-हार्डमेन विश्वविद्यालय लेक्चररशिपमा सराहनीय रात्रिभोजको सम्मान पाए ।
इडवर्डस्ले ग्वेन्डोलिन हलसँग १९८६ मा विवाह गरेका थिए । उनिहरूका दुई जना छोरा छोरी, टेरी र करेन र आठ जना नाति नातिना थिए । ग्वेन्डोलिनको १९८६ मा मृत्यु पश्वात, इडवर्डस्ले १९८८ मा लोरा योङ्गसँग फेरी अर्को विवाह गरे ।
विलियम डव्ल्यु ग्रासम
डा.विलियम डव्ल्यु ग्रासम टेक्सस्, क्यालिफोर्निना, एरिजोना, जर्मनी र स्कटल्याण्डमा ६० वर्षदेखि उपदेश दिँदै आईरहेका छन् । उनले सन् १९६२ मा स्नातक तथा १९६८ मा पेपरडाइन विश्वविद्यालयबाट स्नातकोत्तर र सन् १९७५ मा एविलेन्स क्रिष्टियन विश्वविद्यालयबाट एम. डिभ् डिग्री हाँसिल गरेका छन् । कुम्रान समुदायको प्रकृति तथा मृत सागरका स्क्रोलहरु बारेमा सोधकार्य पुरा गरे वापत सन् १९७५ मा स्कटल्याण्डको एवर्डिन विश्वविद्यालयले उनलाई विद्यावारिधिले सम्मान गरेको थियो । सन् १९७५ देखि १९७८ सम्म ग्रासम र उनका परिवार केईसरस्लाउटर्न, जर्मनीमा बसे जहाँ उनले अमेरीकन सैन्य मण्डलीमा उपदेश दिए । आफ्नो शिक्षा पुरा गर्ने सिलसिलामा त्यसपछि उनीहरु स्कटल्याण्डको एवर्डिन तिर लागे । त्यहाँ रहँदा बस्दा उनीहरुले ईश्वरको चर्चको स्थानीय मण्डली स्थापना गर्न सहयोग गरे । ग्रासमले जेरुसेलमको हिवु्र विश्वविद्यालयबाट पोस्ट डक्टरल डिग्री हाँसिल गरे र इज्रायलको टेलडरमा पुरातात्विक उत्खनन्मा साथ दिए । टेक्सासको डल्लासमा अवस्थित क्रिस्चियन शिक्षा केन्द्रमा उनले १५ वर्ष भन्दा वढि समय वाईवलको पुरानो र नयाँ करार एवम धार्मिक कोर्सहरु अध्यापन गरे । उनी सन् २००५ मा सेवा निवृत्त भएता पनि बाईवल, पुरातत्व र पुरानो करारका गोस्पेल जस्ता विषयका सेमिनारहरुमा निरन्तर प्रस्तुतिकरण दिईरहे ।
उनी र उनकी पत्नि एलिनरका चार सन्तान, सत्र नाति नातिना एवम् एघार पनाति पनातिना छन् ।
डेटन किसी
डेटन किसी एविलेन क्रिश्चियन विश्वविद्यालयका विद्यार्थि हुन् । भाषा तथा परामर्श विषयको पनि अध्ययन गर्दै उनले ईन्डियानाको ईन्डियानापोलिसमा अवस्थित वट्लर विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हाँसिल गरे । ईन्डियाना,लुजियाना,टेक्सास् र वक्लाहमामा उनले पुर्णकालिन उपदेशकको रुपमा तथा नाईजेरीया, युक्रेन तथा अफ्रिकामा वाईवल तालिम स्कुल संचालन गरी सेवा पुराएका छन् । उनका शिक्षण तथा मिसन कार्यले उनलाई क्यानाडा, युक्रेन, भारत, दक्षिण अफ्रिका, ट्रिनिडाड् र रुस सम्म पुराएको छ । टेक्सस्को ल्युवोकमा अवस्थित सनसेट स्कुल नामक संस्था (अहिले सनसेट ईन्टरनेशनल बाईवल ईन्स्टीच्युट) मा पनि उनले उपदेश प्रशिक्षकको रूपमा २१ वर्ष सेवा दिएका छन् । त्यस समयावधिमा उनले कम्तिमा ३५ राज्यमा गोस्पेल बैठक, नेतृत्व कार्यशाला, क्रिश्चियन घर सेमिनार र शिक्षक तालिम कोर्सहरुको संचालन गरे । किसिजका दाजुभाईले कक्षा शिक्षकका रुपमा सनसेट स्याटलाईट स्कुल कार्यक्रमलाई विस्तृत गर्न पनि उतिकै योगदान गरे जसले क्रिश्चियन घर तथा जेरिमीहका कोर्सहरु रेकर्ड गरी प्रयोगमा ल्याएका छन् । लेखकका रुपमा उनले रेस्टोरेसन रिभाइभलः द वे टु गड, हिव्रुः अ हेवन्लि होमिली, अ रिइभाल्युएसन अफ द एल्डरसिप, शिक्षक तालिम औजारहरु, अ क्रोनोलोजिकल सर्भे अफ द ओल्ड टेस्टामेन्ट र द चर्चेज अफ क्राईष्ट ड्युरिं द सिभिल वार नामक पुस्तकहरु प्रकाशन गरेका छन् ।
हवाईकी डिता सिमीअना, अलास्काका टन्जा र टेक्सस्का डरेन गरी उनी र उनको श्रीमती रुथका तीन हुर्र्किएका सन्तान छन् ।
ज्याक म्याकिन्ने
“जोन (ज्याक) टि. म्याककिन्नी (Jack T. McKinney) को जन्म सन् १९२७ मा टेक्सस, स्वीनीमा भएको थियो। उच्च माध्यमिक तहको अध्ययन समाप्त गरिसकेपछि (१९४४), उहाँले दोस्रो विश्वयुद्धको अन्तिम दिनहरूमा संयुक्त राज्यको जलसेनामा सेवा गर्नुभयो। उक्त काजको समाप्तिपछि, ज्याक ज्यूले अबिलेने क्रिष्टियन कलेज अबिलेने, टेक्ससमा जर्मन भाषामा आफ्नो स्नातक तहको अध्ययन पूरा गर्नुभयो (१९४९)। उहाँले हेइदरबर्ग विश्वविद्यालयमा जर्मन भाषा र पेरिसमा फ्रेन्च भाषा अध्ययन गर्नुभयो।
संयुक्त राज्यमा फर्केपछि, ज्याक ज्यूले अष्टिन र सान अङ्गेलो, टेक्सासका मण्डली झुण्डहरूसँग काम गर्नुभयो, र टेक्सस विश्वविद्यालयका जर्मन भाषाका शिक्षक हुनुहुन्थ्यो। उहाँले पछि एबिलेने क्रिष्टियन कलेजमा फ्रेन्च र जर्मन दुवै भाषा सिकाउनुभयो (१९५२-१९५५)। उहाँले जर्मनीको फ्र्याङ्कफर्ट र चेम्निज, र स्विट्जरल्यान्डको जुरिखमा मिसन कार्य संचालन गर्नुभयो। ज्याक ज्यू अबिलेने क्रिष्टियन कलेजमा फर्कनुभयो, र उहाँले त्यहाँ ग्रीक भाषामा माष्टर डिग्री पूरा गर्नुभयो (१९६६)। त्यो अवधिमा, उहाँले ट्रेन्ट, टेक्सस चर्च अफ क्राइष्टमा प्रचार गर्नुहुन्थ्यो। उहाँ सपरिवार मिसन कार्यको लागि जुरिखमा फर्कनुभयो (१९६६-१९७४)। त्यो अवधिको अन्त्यतिर, ज्याक ज्यूले हेइदरबर्गको पेपरडाइन विश्वविद्यालयमा बाइबल प्राध्यापकको रूपमा काम गर्नुभयो। त्यस पछिको लगभग बीस वर्षजति, ज्याक ज्यूले सर्की, आर्कन्ससको हार्डिङ युनिभर्सिटिमा बाइबल र बाइबलीय भाषाहरूको अध्यापन गराउनुभयो (१९७४-१९९२)। ८६ वर्षको उमेरमा उहाँ २०१४ मा प्रभुमा सुत्नुभयो।
ज्याक र उहाँकी श्रीमती जोअन्ने विल्किन्सनका चार जना छोराछोरी, आठ जना नातानातिना, र छ जना पनाति-पनातिनीहरू छन्।”
जे लकहार्ट
बु्रस म्याक्लर्टि
एड्वार्ड पी. मायर्स
अवेन डी. अल्व्रिक्ट
मार्टल पेस
डेनी पेट्रिलो
डेनी पेट्रिलो डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटका अध्यक्ष हुन् । डेनी पेट्रिलो डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटका अध्यक्ष हुन् । उनी त्यहाँ कै विद्यार्थी पनि हुन् । उनले योर्क कलेज,हार्डिंग विश्व विद्यालय र धर्मशास्त्र हाडिं ग्राज्युएड स्कुलमा पनि अध्ययन गरे जहाँ उनले एए,विए र एम ए डिग्री हाँसील गरे । उनले नेब्रास्का विश्वविद्यालयबाट धार्मिक शिक्षामा विद्यावारीधि पनि लिए । उनले आफ्नो सम्पूर्ण जीवन उपदेश र शिक्षाका लागि अर्पण गरे । उनले मिसिसिपीमा पूर्णकालिन अध्यापन गरे र अमेरिका तथा जर्मनी, स्पेन, पानामा, अर्जेन्टीना,अफ्रिका र युक्रेन जस्ता विभिन्न विदेशी मुलुकमा ३०० भन्दा बढी गोस्पेल भेला, सेमिनार संचालन गरे । उनले मंगोलियाको बाइवल कलेज, योर्क कलेज र डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटमा अध्यापन पनि गरे । उनका कृतिहरुमा एजेकियल, १,२, टिमोथी र तितुस एवम् माइनर प्रोफेट अध्ययन निर्देशिकाका समीक्षाहरू पर्छन् ।
उनी र उनकी पत्नि क्याथीका ल्यान्स,ब्रेट र लरा नामका तीन सन्तान छन् ।
नील टी. प्राइओर
डेभिड आर. रेच्टिन
कोय डी. रोपर
डेभिड एल. रोपर
डन साकलफोर्ड
डन साकलफोर्ड सेवा निवृत्त बाइबल प्राध्यापक हुन् । उनले अर्कान्सासस्थित हार्डिङ विश्वविद्यालयमा ३० वर्ष अध्यापन गरे । उनले टेक्सासस्थित लुबोक क्रिश्चियन विश्वविद्यालयको बाइबल विभागको अध्यक्षका रूपमा सेवा गरिसकेका छन् । मसुरीको जोप्लिनका स्थायी बासिन्दा साकलफोर्डले ओक्लाहोमा क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरे भने डेभिड लिप्सकम्ब विश्वविद्यालयबाट अन्डरग्राजुएट डिग्री हासिल गरे । उनले न्यु ओर्लियन्स ब्याप्टिस्ट थियोलजिकल सेमिनारीबाट बी.डी. र थि.डी. डिग्री हासिल गरे । साकलफोर्डले ओक्लाहामा, टेनेसी, टेक्सास र लुजियानाजस्ता राज्यमा मिनिस्टरका रूपमा सुसमाचार बाँडेका छन् । उनले एउटा वरिष्ठ सदस्यको हैसियतले सियर्सीस्थित क्लोभरडेल चर्च अफ क्राइस्टमा २५ वर्ष अध्यापन गरे । हार्डिंग विश्वविद्यालयमा छँदा उनले बाइबलका प्राध्यापक र अन्तर्राष्ट्रिय अध्ययनका डिनका रुपमा काम गरे । हाल उनी ट्रुथ फर टुडेमा पुरानो करारको सल्लाहकार छन् । त्यस्तै हार्डिंग विश्वविद्यालयका अतिरिक्त अलाबामाको मोन्टगोमरीस्थित साउदर्न क्रिश्चियन विश्वविद्यालयमा प्राध्यापकका रुपमा कहिलेकाहीँ पुरानो करार पढाउँछन् । उनले अ सर्भे अफ चर्च हिस्ट्री पुस्तक लेखेका छन् भने लुबोक क्रिश्चियन र हार्डिंग विश्वविद्यालयका कैयौं व्याख्यानहरू सम्पादन गरेका छन् । उनका लेखहरु गोस्पल एडभोकेट, रेस्टोरिय क्वाटर्ली, फर्म फाउन्डेसन, पावर फर टुडे र क्रिश्चियन क्रोनिकलजस्ता पत्रपत्रिका तथा अनलाइनहरुमा नियमित रुपमा प्रकाशन हुने गरेका छन् ।
डनको परिवारमा उनकी पत्नी जोयस र ५ सन्तान तथा १५ नातिनातिना छन् ।
डुआन वार्डेन
डा. डुआन वार्डेन अर्कान्सासको फ्रान्कलिनमा जन्मिएर मिचिगन स्थित फ्लिन्टमा हुर्किए । उनी न्यु टेन्टामेन्टको शृंखला सहायक सम्पादकका रूपमा कार्यरत छन् । उनले फ्रीड–हार्डमेन विश्वविद्यालयबाट ए.ए. डिग्री पूरा गरेका छन् भने हार्डिंग विश्वविद्यालयबाट बी.ए. अध्ययन गरेका छन् । यस्तै उनले हार्डिंग विश्वविद्यालयको ग्राजुएट स्कुल अफ रिलिजनबाट एम.ए.आर. र ड्युक विश्वविद्यालयबाट नयाँ करारमा पीएच.डी. उपाधि हासिल गरेका छन् । यसका अतिरिक्त डा. वार्डेनले कोलम्बिया विश्वविद्यालय र अमेरिकन स्कुल अफ क्लासिकल स्टडिज ग्रिसको एथेन्सबाट शास्त्रीय अध्ययनतर्फ पोस्ट–डक्टरल अध्ययन पूरा गरेका छन् । डा. वार्डेनले ओहियो भ्याली विश्वविद्यालयसँगै हार्डिंग विश्वविद्यालयमा बाइबल फ्याकल्टीमा सेवा गरिसकेका छन् । ओहियो भ्याली (१९८६–१९९३) मा उनी बाइबल विभागको अध्यक्ष थिए भने हार्डिंग विश्वविद्यालय सम्बद्ध कलेज अफ बाइबल एन्ड रिलिजनमा (१९९६–२००५) एसोसिएट डिन थिए । यतिबेला उनी एम्रिज विश्वविद्यालयमा नयाँ करारको प्राध्यापकका रुपमा प्राध्यापनरत छन् । प्राध्यापनका अतिरिक्त डा. वार्डेनले मिनिस्ट्रीमा कैयौं सेवा पुर्या एका छन् । उनले वेस्ट भिर्जिनिया, भर्जिनिया र अर्कान्सासमा पूर्णकालीन सुसमाचारदाताका सेवा गरेका छन् भने ओहियो भ्याली र हार्डिंगमा पढाउँदाताका अल्पकालीन सुसमाचारदाताका रुपमा सन्देश बाँडेका छन् । यतिबेला उनी भेल्भेट रिज चर्च अफ क्राइस्टमा सम्बोधन गर्ने गर्दछन् ।
डा. वार्डेनका कैयौं लेख र निबन्धहरु बहुचर्चित पत्रिकाहरूमा प्रकाशित छन् । उनका लेखहरू बाइब्लिकल इन्टरप्रिटेसनः स्टडिज इन अनर अफ ज्याक पी लेविस, क्लासिकल फिलोलजी, रिस्टोरेसन क्वाटर्ली र जर्नल फर द इभान्जेलिकल थियोलजीकल सोसाइटीमा प्रकाशित छन् । उनले ट्रुथ फर टुडे, गोस्पल एडभोकेट, फर्म फाउन्डेसन र क्रिस्चियन क्रोनिकलमा पनि लेखेका छन् ।
उनको परिवारमा पत्नी जेनेट, छोरा डेभिड एम. वार्डेन र एक जना अपनाइएका छोरा डेभिड ए. मार्टिन छन् ।