मत्ती १—१३
पुरानो करारका प्रतीज्ञाहरू तथा अगमवाणीहरूलाई पूरा गर्न आउनुभएको येशू ख्रीष्टको बारेमा परिचय दिँदै मत्तीको सुसमाचारको पुस्तकले नयाँ करारको पुस्तकलाई प्रारम्भ गरेको छ। मत्तीको अध्ययनको पहिलो भागमा, सेलर एस क्रेन, जुनियर (Sellers S. Crain, Jr.) ले राजाको जन्म र राज्यको आगमन सम्बन्धी उहाँले दिनुभएको शिक्षाहरूका बारेमा निरीक्षण गर्नुभएको छ। येशूप्रति मानिसहरूले देखाएका प्रतिक्रियाहरू कसरी एउटा आँधीको रूपमा परिवर्तन भयो भन्ने कुरालाई उहाँले यसमा देखाउनुभएको छ। यसका परिणामहरूका बारेमा अर्को पाठ्यक्रम, मत्ती १४—२८ मा अन्तर्निहित रूपमा संलग्न गरिएको छ।