ख्रीष्टको जीवन, २
सुसमाचारका पुस्तकहरूको अध्ययनका निम्ति प्रत्येक इसाई जोशिलो हुनुपर्छ। येशूको जीवनका घटनाहरूलाई ती घटनाहरू घटेको समयक्रम अनुसार राखी, डेभिड एल. रोपर (David L. Roper) ले, येशूको जीवनको लिखित हरेक पक्षलाई अवलोकन गर्ने, उहाँका वचनहरू, कुराकानी, र कार्यहरूलाई दैनीक जीवनमा लागू गर्ने हिसाबले समावेश गर्दै पाठकहरूलाई ख्रीष्टले जिउनुभएको जस्तै जीवन जिउन चुनौती दिने एउटा सिकाई यात्रामा हामीलाई लैजानुहुन्छ। उहाँले प्रस्तुत गर्नुभएको प्यालेष्टाइनको भूगोल, यसका मानिसहरूको चालचलन अनि रितिथिति, र येशूको जीवनसँग सम्बन्धित मानिसहरूको विभिन्न समूहहरूको शब्द-चित्रहरूद्वारा रोपरज्यूले हाम्रो हृदयमा ख्रीष्टको जीवनलाई ज्वलन्त पार्नुहुन्छ। ख्रीष्टले पिताबाट हामीमाझ ल्याउनुभएको सन्देशलाई मात्र होइन, तर उहाँको जीवनलाई तय गर्ने दृश्यहरू र आवाजहरू, धुलो अनि जीवनका हरेक परिस्थितिहरू, दिन अनि रातहरूलाई समेत यस पाठ्यक्रमले हामीमाझ ल्याउँदछ। यो पाठ्यक्रमको पुस्तक र यसपछिको पुस्तकलाई ध्यानपूर्वक पढिसक्ने कुनै पनि व्यक्ति, उस्तै व्यक्ति रहनेछैन। येशूसँग उहाँका शिक्षाहरू सुन्दै, उहाँका पालाका मानिसहरूसँग उहाँले गर्नुभएको कुराकानी तथा व्यवहारलाई हेर्दै उहाँसँगै हिँडेर, र उहाँको मृत्यु र पुनरुत्थानको साक्षी भइसकेपछि, को व्यक्ति परिवर्तनविहिन रहन सक्ला र!